राजदरबार हत्याकाण्ड : युवराज दीपेन्द्रसँगको आफ्नो सम्बन्धबारे देवयानीले रुँदै यसो भनिन्
SHARE THIS POST :

१९ जेठ । नारायणहिटी राजदरबार हत्याकाण्ड भएको बुधबार १५ पूरा भएको छ । सो हत्याकाण्ड नेपाली इतिहासमा कहाली लाग्दो रुपमा रहेको छ । उक्त हत्याकाण्डको दोषी तत्कालीन युवराज दीपेन्द्रलाई छानबिन समितिले देखाएको थियो ।


 आफूले मन पराइएको देवयानी राणासँग विवाह गर्न परिवारले नदिएको निहुँमा युवराज दीपेन्द्रले उक्त घटना घटाएको चर्चा पनि चल्यो । २०५८ जेठ १९ गते शुक्रबार राति घटना हुनु केही समय अघि दीपेन्द्र र पशुपतिशम्शेर राणाकी पुत्री देवयानीबीच फोनवार्ता भएको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।

 घटनापछि उपचारका लागि भारतमा रहेकी उनै देवयानी राणासँग छानबिन समितिका तर्फबाट राजदूत भेषबहादुर थापाले लिएको बयानको संक्षिप्त अंश : राजदूत : तपाईं र तत्कालीन श्री ५ युवराजधिराजको बीच सम्बन्ध थियो भन्ने बारे तपाईंको के भनाइ छ ? देवयानी : रुँदै….व्यक्तिगत हो त्यस्को बारेमा कुरा गर्न चाहँदिन ।

(रुँदै) राजदूत : काठमाडौंको त्यो दिनको बेलुकी ८ र ९ बजेको बीचमा तपाईं र तत्कालीन राजदरबारको लङ्गबाट लामो वार्ता भएको लगबाट देखियो । त्यसबारे तपाईंले सम्झे भएका कुराहरु को सँग वार्ता भएको हो ? के वार्ता भएको हो ? त्यसमा प्रकाश पारिदिन अनुरोध छ ।


देवयानी : मैलै सम्झे अनुसार मलाई युवराजधिराज सरकारले ८ बजेपछि फोन गरिबक्सेको थियो । त्यो बेला हुकुम भयो । मलाई आइतबार नेपालमा हुने राष्ट्रिय खेलकुद समारोहको इनागुरेशनका लागि म आउँदै छु कि छैन भनेर हुकुम भयो ।

मलाई मोबाइलमा फोन गरिबक्सेको थियो । मेरो मोबाइलमा (रुँदै…..) मोबाइल क्लियर आइरहेको थिएन । सरकार मैले कुरा बुझिन भनेँ । फेरि सोधिबक्स्यो । म जवाफ दिनु भन्दा अगाडि फोन राखिबक्स्यो । त्यसपछि सरकारको मोबाइलमा फोन लगाएँ, घण्टी गयो ।

 गयो, गयो, गयो सरकारले फोन उठाइबक्सेन । अनि जब सरकारले फोन उठाइबक्सँदैनथ्यो, अटोमेटिकल्ली त्यसको चाहिँ ड्युटीको एडिसीलाई ट्रान्सफर हुन्थ्यो पहिला जस्तो । ट्रान्सफर भयो । ट्रान्सफर हुने बेलामा ड्यटी एडिसीले फोन उठायो ।

 अनि मैले उहाँलाई भने सरकारको स्वर अलि लर्रबराइबक्सिरहेको छ, गाथमा आराम छै कि ? ….लाग्यो भने मैले उहाँलाई एकचोटी माथि खोपीमा गएर हेर्नुहुन्छ कि भनेर रिक्वेस्ट गरेँ । पछि फोन राखें । फेरि एकछिनमा फोन आयो । अनि हुकुम भयो । मलाई भोलि बिहान मात्रै तिमीलाई फोन गर्छु । गुड नाइट भनेर हुकुम भो । अनि मैले पनि गुड नाइट भनेँ ।

 त्यसपछि फेरि हुकुम भयो । अब म सुत्न लागेको छु है । म भोलि बिहान फोन गर्छु, गुड नाइट भनि राखिबक्स्यो । राजदूत : तपाईंको तत्कालीन श्री ५ युवराजधिराजसँग कुरा भएको बेलामा तपाईंले उहाँले सधैंजस्तो पाउनु भयो या विशेष फरक केही देखियो, सुनियो ? देवयानी

 : सरकारको स्वर लर्डबराइबक्सिरहेको थियो । अघि जस्तो मैले भने अनुसार मलाई लाग्यो सरकारको गाथमा आराम छैन कि के भयो भनेर । त्यसैले (रुँदै…..) एडिसीलाई कन्ट्रयाक्ट गर्दाखेरि माथि खोपीमा जानुहुन्छ कि भनेर मैले रिक्वेस्ट मात्रै गरेको हो ।

 (रुँदै…खोक्दै….) राजदूत : यो बाहेक उक्त घटना बारेमा तपाईले केही कुरा प्रकाश पार्नसक्ने छ या छैन ? देवयानी : मैले यो बाहेक अरु केही थाहा छैन । (रुँदै….सुक्क गर्दै …) राजदूत : धन्यवाद ।

(तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजदरबार हत्याकाण्डको छानबिनका लागि गठित तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट सम्मिलित उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनबाट )

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.