१४ जनासंग विहे गर्ने यी युवती ! तर, हरेक सुहागरातमा भयो नसोचेको…हेर्नुहोस....
SHARE THIS POST :

एजेन्सी । राजस्थानको कोटा भन्ने ठाउँमा बस्दै आएकी एक युवतीले १–२ होइन् पुरै १४ पटक विहे गरेको अनौठो खबर प्राप्त भएको छ ।
घटना भारतको राजस्थान राज्य अन्तर्गत पर्ने कोटा भन्ने ठाउँको हो । जहाँ बन्दना नाम गरेकी एक युवतीले रेकर्ड तोड्दै १४ वटा विहे गरेकी हुन् । उनलाई १४ वटै श्रीमानले आफ्नो घरमा पनि भित्र्याए । तर, सुहागरातमा भने बेहुलाले नसोचेको भइदियो । १४ वटा श्रीमानमध्ये एउटाले पनि बन्दनासँग सुहागरात मनाउन पाएनन् । उल्टै लाखौंको धनमाल गुमाए ।
खासमा सुहागरातमा बहाना बनाएर बन्दना १४ वटै श्रीमानका घरका सम्पूर्ण गरगहना र नगद पैसा लुटेर फरार हुन्थिन् । विहेको नाटक गरेर धनसम्पत्ति लुट्ने बन्दनाको यो धन्दामा नै रहेछ जसमा अन्य युवती र महिलाहरुले उनलाई साथ दिएका थिए ।
अन्य महिलाहरुले सेटिङ मिलाउने र बन्दनाले विहे गरेर सुहागरातमा बहाना बनाएर लुट्ने लज्जास्पद कर्तुतको पर्दाफास प्रहरीले धेरैपछि गरेको छ । यसको पर्दाफास बन्दनाका लागि शेटिङ मिलाउने महिला पक्राउ परेपछि भयो ।
समाचार अनुसार प्रहरीले विभिन्न सहरका पाँच महिलालाई पक्रेको छ । यो अपराधमा मुख्य भुमिका निर्वाह गर्दै आएकी बन्दना भने फरार छिन् ।
१४ जनामध्येका एक कैलाशलाई यसरी लुटियो
प्रहरीका अनुसार यो गिरोहको सिकार बनेका पीडित कैलाशले भनेका छन् की टाढाका नातेदार हजारीलालले उनलाई सम्पर्क गरेर सुन्दर र सुशील युवतीसँग विहे गरिदिने वाचा गरे । (त्यो बेला कैलाश विहे गर्न केटी खोजिरहेका थिए ।) त्यसपछि उनलाई हजारीले एक गेष्ट हाउसमा बोलाए जहाँ ८ युवतीहरु र एक महिला थिइन् ।
बन्दना नाम भएकी युवतीसँग उनको विहे करिब डेढ लाख रुपैयाँमा तय भयो । सबै कुरा तय भएपछि उक्त गिरोहले माला र सिन्दुर मगाएर त्यही विहेको प्रक्रिया पुरा गरिदिए । त्यसपछि सुहागरातको मौका पारेर बन्दनाले बहाना बनाएर कैलाशलाई त्यो रात आफूबाट टाढा राखिन् । विहान जब कैलाश निन्द्राबाट ब्युझिए तब बन्दना गायब थिइन् र पछि थाहा भयो कि बन्दना उनले दिएको सुनचाँदीका गरगहना र पैसा लिएर फरार भएकी रहिछन् ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.