दुखद घटना !! विवाह समाप्त भएको केही समयपछि बेहुलाको मृत्यु
SHARE THIS POST :

सिरहाको चन्द्रअयोध्यापुर गाविस वडा नम्बर १ चोहर्वा गाउँमा विवाह समाप्त भएको केही समयपछि बेहुलाको मृत्यु भएको छ ।



मिथिला संस्कृति अनुसार विवाह समाप्त भई छोरीलाई बिदाइ गर्न खोज्ने क्रममा बेहुलीकै घरमा बेहुला मृत अवस्थामा फेला परेका हुन् ।
विवाहको कर्मकाण्ड सकेर बिहान ४ वजे बेहुला कमलेश यादवलाई बेहुलीका दाजुले चिया लिएर जाँदा उनको मृत्यु भएको देखेपछि पुरै परिवार छाँगाबाट खसेका जस्तै भएका छन् ।
 सिरहा नगरपालिका–२ का पल्टु यादवका छोरा कमलेश यादवको विवाह चन्द्रअयोध्यापुर–१ का देवलाल यादवकी छोरी अनीता कुमारी यादवसँग सम्पन्न भई बेहुली अन्माउने बेलामा यस्तो घटना घटेको हो । घटनालगत्तै बेहोस भएकी बेहुली अनितलाई उपचारको लागि अस्पताल लगिएको छ ।
 उता, बुहारी भित्र्याउने तयारीमा रहेको बेहुलाको घर–परिवारमा पनि रुवावासी छाएको छ ।
 बेहुला कमलेशको मृत्युको कारण खुल्न सकेको छैन भने घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले बताए

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.