जानी राखौ पत्नीमा यी चार गुण भएका पुरुष ज्यादै भाग्यमानी..
SHARE THIS POST :

हिन्दु धर्ममा पत्नीलाई पतिको अर्धाङ्गीनी पनि भन्ने गरीन्छ । जसको अर्थ हुन्छ पतिको शरीरको आधा अंग । महाभारतमा भीष्म पितामहले भनेका छन् की पत्नीको सदैव खुशि राख्नु पर्छ किनकी यसले नै वंशको वृद्धि हुन्छ । यसको अलवा अनेक ग्रन्थमा पत्नीको गुण र अवगुणको बारेमा थुप्रै कुरा लेखिएको पाईन्छ । गरुड पुराणमा पनि पत्नीको केहि गुणको बारेमा वर्णन गरिएको छ । जहाँ भनीएको छ, जसको पत्नीमा गुण हुन्छ उसको पति देवताको राजा इन्द्रभन्दा भाग्शाली हुन्छ । पत्नीमा हुने त्यस्ता गुणहरु यी हुन् । १. गृहकार्यमा दक्ष गृह कार्य अर्थात घरको काम । जुन पत्नी घरको सबै काम, खाना बनाउने, सरसफाई गर्ने, घर सजाउने, बच्चाको जिम्मेवारी ठि तरिकाले निभाउने, घरमा आउने अतिथिको सम्मान गर्ने कार्यमा निपुर्ण छ भने यस्ता पत्नी पतिको प्रीय हुन्छन् । २. मिठो बोल्ने मिठो बोल्नु आफैँमा राम्रो हो । पतिसँग मिठो र संयमित भएर बोल्नुलाई गरुड ग्रन्थले झनै राम्रो मानेको छ । पत्नीले मिठो बोलेमा पतिले उसका कुरालाई ध्यानपुर्वक सुन्ने गर्छन् । र पत्नीको इच्छा पुरा गर्ने प्रयासमा तल्लीन हुन्छ । पतिको अलावा घरका अन्य सदस्यहरुसँग पनि प्रेमपुर्वक बोल्नु राम्रो पत्नीको गुण हो । ३. पतिको सबै कुरा मान्ने जो पत्नी पतिलाई नै सर्वस्व मान्छीन्, पतिको आदेश सदैव पालन गर्छिन भने धर्म ग्रन्थ अनुसार उसैलाई पतिव्रता भन्ने गरिन्छ । पतिव्रता पत्नी सदैव आफ्नो पतिको सेवामा रहन्छीन् । पतिको दिल दुखाउन उनी चाहन्नन् । यदि पतिलाई कुनै दुखको कुरा सुनाउनु पर्यो भने पनि उसले संयमित भएर बताउने गर्छिन् । पतिको अलवा अन्य कुनै पुरुषको बारेमाले उसले सोच्न सक्दीनन् । धर्म ग्रन्थमा यस्ता पत्नीलाई पतिपरायणा भन्ने गरिन्छ । ४. धर्मको पालन गर्ने पति वा परिवारको हितमा सोच्नुलाई नै धर्म ग्रन्थले पत्नीको धर्म मानेको छ । गरुड़ पुराणका अनुसार जुन पत्नी प्रतिदिन नुहाउँछे, कम बोल्छे उसलाई राम्रो मानीन्छ । जसको पत्नी यी सबै गुण छ भने त्यो व्यक्ति देवराज इन्द्रजस्तै सम्झँदा हुने बताइएको छ ।   नोट ः गरुड़ पुराण धेरै पुरानो तर धेरै प्रचलित ग्रंथ हो । यो ग्रन्थमा सुखी जीवनको लागि थुप्रै कुराहरु बताइएको छ । यो पुराणमा बताइएका कतिपय कुराहरु अहिलेको समय सापेक्ष नहुन सक्छ । गन्थ्रमा भनीएका कुराहरु पालना गर्न असम्भव नहुन सक्छ । तर पनि ग्रन्थबारे जानकारी दिनका लागि यी कुराहरु समेटिएको हो ।source:lmbinikhabar

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.