कुन राशीसँगको प्रेम कुन राशीसँग राम्रो ? हेर्नुस्, १२ वटै राशीबीचको अन्तरसम्बन्ध !
SHARE THIS POST :

ज्योतिष विज्ञानमा विश्वास राख्नुहुन्छ भने मान्नुस्, राशी अनुसार मानिसको स्वभाव अलग-अलग हुन्छ । साथै भाग्य र भविष्यको फैसला पनि धेरै हदसम्म यसैमा निर्भर रहन्छ । राशी र स्वभावको आधारमा नै हाम्रो साथी, सम्बन्ध र प्रेम निर्धारित हुन्छ ।
त्यसैले तपाईंका लागि कुन राशीको प्रेमी वा प्रेमिकासँगको सम्बन्ध उत्तम हुन्छ, जानिराख्नु उचित हुन्छ । हामीले ज्योतिष विज्ञान सम्बन्धी विभिन्न पुस्तकहरुको सहयोगमा १२ वटै राशीबीच एक अर्काको सम्बन्ध कस्तो रहन्छ, यहाँ उल्लेख गरेका छौं ।


मेष राशी

मेष राशी हुनेहरुका लागि मेष, सिंह र धनु राशीका जीवनसाथी निकै उपयोगी हुन्छन् । यिनीहरुबीचको प्रेम सम्बन्ध पनि उत्तिकै राम्रो हुन्छ । यस्तै कुम्भ, तुला र मिथुन राशी मध्यम रहन्छ । यी तीन राशीसँगको प्रेम सम्बन्ध आपसी तालमेलमा बढि निर्भर रहन्छ । वृष, कन्या र मकर राशीसँग प्रेम सम्बन्ध सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर वृश्चिक, मीन र कर्कट राशीसँगको सम्बन्ध लाभदायक हुँदैन ।

 वृष राशी

वृष राशीका मानिसका लागि वृष, कन्या र मकर राशी निकै उत्तम छ । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तिकै राम्रो हुन्छ । यस्तै कर्कट, वृश्चिक र मीन राशी मध्यम रहन्छ । मेष, सिंह र धनु राशीसँग प्रेम सम्बन्ध सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मिथुन, तुला र कुम्भ राशीसँग प्रेम सम्बन्ध राख्नु प्रत्यूत्पादक हुनसक्छ ।

 मिथुन राशी

मिथुन राशीका मानिसका लागि मिथुन, तुला र कुम्भ राशी निकै उत्तम छ । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तिकै राम्रो हुन्छ । यस्तै मेष, धनु र सिंह राशीको जीवनसाथी चुन्नु मध्यम रहनेछ । कर्कट, वृश्चिक र मीन राशीसँग प्रेम सम्बन्ध सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर वृष, कन्या र मकर राशीसँगको सम्बन्ध लाभदायक रहँदैन ।

 कर्कट राशी:

कर्कट राशी हुनेहरुका लागि कर्कट, वृश्चिक र मीन राशीका साथी निकै फाप्छन् । यिनीहरुबीचको प्रेम सम्बन्ध पनि उत्तम हुन्छ । यस्तै वृष, कन्या र मकर राशीसँगको सम्बन्ध मध्यम रहन्छ । यिनीहरुको सम्बन्ध धेरै हदसम्म आपसी तालमेलमा निर्भर गर्छ । मिथुन, तुला र कुम्भ राशीसँग प्रेम सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मेष, सिंह र धनु राशी यिनीहरुका लागि फाप्दैन ।

 सिंह राशी:

सिंह राशीका व्यक्तिहरुका लागि सिंह, मेष र धनु राशीका साथी श्रेष्ठ रहन्छन् । यिनीहरुसँग प्रेम प्रसंग पनि निकै उत्तम हुन्छ । यस्तै मिथुन, तुला र कुम्भ राशीसँगको सम्बन्ध मध्यम रहन्छ । वृष, कन्या र मकर राशीसँग प्रेम सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । सिंह राशी हुनेहरुका लागि कर्कट, वृश्चिक र मीन राशीवालाहरुसँग सम्बन्ध नगाँस्नु नै राम्रो ।

 कन्या राशी:

तपाईं कन्या राशीको हुनहुन्छ भने तपाईंका लागि कन्या, वृश र मकर राशीका जीवन साथी निकै लाभदायक हुन्छन् । प्रेम सम्बन्ध सफल हुने सम्भावना पनि निकै बढि हुन्छ । यस्तै कर्कट, वृश्चिक र मीन राशीसँगको सम्बन्ध मध्यम रहन्छ । यिनीहरुसँगको सम्बन्ध सफल/असफल हुने कुरा आपसी तालमेलमा निर्भर गर्छ । मेष, सिंह र धनु राशीसँग प्रेम सफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मिथुन, तुला र कुम्भ राशी तपाईंका लागि राम्रो छैन । यी तीन राशीसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना एकदमै न्यून छ ।

 तुला राशी:

तुला राशीका लागि तुला, मिथुन र कुम्भ राशीको जीवनसाथी सबैभन्दा उत्तम हुन्छ । यस्तै मेष, सिंह र धनु राशीसँगको सम्बन्ध मध्यम रहनेछ । कर्कट, वृश्चिक र मीन राशीसँग प्रेम सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर वृष, कन्या र मकर राशीसँगको प्रेम सफल नहुनसक्छ । तपाईंका लागि यी तीन राशी लाभदायक छैनन् ।

 वृश्चिक राशी:

वृश्चिक राशी हुनेहरुका लागि वृश्चिक, कर्कट र मीन राशीसँगको सम्बन्ध निकै लाभदायक रहनेछ । प्रेम सफल हुने सम्भावना पनि निकै बढि छ । यस्तै वृष, कन्या र मकर राशीसँगको सम्बन्ध मध्यम रहनेछ । मिथुन, तुला र कुम्भ राशीसँग प्रेम सफल हुने सम्भावना ५०/५० प्रतिशत छ ।  तर मेष, सिंह र धनु राशी तपाईंलाई उत्तम मानिँदैन ।

 धनु राशी:

धनु राशी हुनेका लागि मेष, सिंह र धनु राशीको जीवन साथी रोज्नु निकै लाभदायक रहनेछ । यस्तै कुम्भ, तुला र वृश्चिकसँगको सम्बन्ध मध्यम पनि रहन्छ । वृष, कन्या र मकर राशीसँग प्रेम सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर कर्कट, वृश्चिक र मीन राशी तपाईंका लागि उपयोगी छैन ।
मकर राशी:
मकर राशी हुनेहरुका लागि मकर, वृष र कन्या राशीसँगको सम्बन्ध सबैभन्दा उत्तम हुन्छ । यस्तै कर्कट, वृश्चिक र मीन राशीसँग मध्यम सम्बन्ध रहनेछ । मेष, सिंह र धनु राशीसँग प्रेम सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मिथुन, तुला र कुम्भ राशी तपाईंका लागि सोचेजस्तो सफल नहुनसक्छ ।
कुम्भ राशी:

कुम्भ राशी हुनेहरुका लागि कुम्भ, तुला र मिथुन राशीसँगको सम्बन्ध निकै उत्तम रहनेछ । यस्तै धनु, सिंह र मेष राशीसँग पनि सम्बन्ध मध्यम रहन्छ । कर्कट, वृश्चिक र मीन राशीसँग प्रेम सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर वृष, कन्या र मकर राशीसँग सम्बन्ध त्यत्ति लाभदायक छैन ।
मीन राशी:

मीन राशी हुनेहरुका लागि कर्कट, वृश्चिक र मीन राशी निकै लाभदायक रहनेछ । यस्तै वृष, कन्या र मकर राशीसँगको सम्बन्ध मध्यम छ । मिथुन, तुला र कुम्भ राशीसँग प्रेम सफल/असफल हुने सम्भावना ५०/५० प्रतिशत छ । तर मेष, सिंह र धनु राशीसँग प्रेम सफल नहुनसक्छ, विचार पुर्याउनुहोला ।source:kantipursamachar

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.