पोस्टमार्टम पछि पत्ता लाग्यो मनिषाको मृत्युको कारण ! यी हुन् दोषी

काठमाडौं, १५ जेठ । बुटबल पुगेकी उनकी आमा बुधबार बिहान साढे ५ बजे घर फर्किइन् । घरमा छोरी मनिषा एक्लै थिईन् ।
अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकृतका अनुसार मनीषाले अन्य व्यक्तिहरुसँग फेसबुकमा कुरा गरेको विषयमा झगडा परेको देखिन्छ ।
अरुसँग कुरा गरेको शंकामा उनको प्रेमी आशिष चौधरीले मोबाइलको पासवर्ड मागेका थिए । तर, मनीषाले दिएकी थिइनन् । सोही विषयलाई लिएर उनीहरुबीच कुटाकुटसमेत भएको थियो । झगडापछि आफू घरबाहिर बरण्डामा निस्केको र केही समयपछि भित्र जाँदा मनीषालाई झुण्डिएको अवस्थामा फेला पारेको उनले बताएका छन् ।
मनिषाले बुधबार दिउँसो ५ बजेतिर आफ्नो फेसबुक प्रोफाइल फोटो परिवर्तन गरेकी थिइन् । जसमा दाई बिमलले ब्यूटीफुल, मिस यू सिस’ भन्दै कमेन्ट गरेका गिए ।
चौधरीको भनाईलाई विश्वास गर्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन् । चौधरी बिमलको फुटबलर साथी हुन् । एसएलसी फेल भएपछि उनी यत्तिकै घरमा बस्दै आउका थिए । मनिषा भने कक्षा ११ पढ्दै आएकी थिइन् ।
मोबाइल र फेसबुककै विषयमा लिएर भएको झगडाको कारण उनको मृत्यु भएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् ।
मनीषाले आत्महत्या नै गरेको भएपनि चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने ती प्रहरी अधिकृतको भनाई छ ।
यता पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले पनि घाटीमा दबाब पर्दा मनिषाको मृत्यु भएको निष्कर्ष निकालेको छ । नयाँपत्रिका दैनिकमा खबर छ
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses