भारतीय टेलिभिजन बाट प्रसारण हुने “बालिका बधु” कि प्रत्युषाले मर्नु अघि किन लेखेकी थिइन यस्तो मन छुने संदेश!
SHARE THIS POST :

मुम्बई । ‘बालिका वधु’ फेम प्रत्युषा बनर्जीले शुक्रवार सुसाइड गरेकी छिन् । उनी आफ्नो घरमा पासो लगाइ ज्यान दिएको अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल कोकिलाबेन अंबानी हस्पिटलमा लगिएको थियो । तर चिकित्सकहरूले उनलाई तत्काल मृत्यु घोषणा गरेका थिए । त्यस बेला प्रत्युषाको शरीरमा चोट देखिएको चिकित्सकहरूले बताएका छन्

उनको शरीरमा संकास्पद डाम देखिएको समाचारमा उल्लेख छ । प्रत्युषालाई कुटपिटपछि हत्या पनि गरेको हुन सक्ने आफन्तले आशंका गरेका छन् । प्रत्युषाले ह्वाट्सएपमा राखेका सन्देशले उनी डिप्रेशनमा रहेको देखाएको छ । ह्वाट्सएपको सन्देशमा उनले ‘मरके भी मुंह ना मोड़ना’ भनेर लेखेकी छिन् ।प्रत्युषाकी एक साथीका अनुसार उनी डिप्रेशन मा थिइन् । काम नपाउनु, आर्थिक संकट र आफ्नो लिव–इन ब्वायफ्रेंड राहुल राज सिंहका कारण डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुई महिना अगाडि मात्रै प्रत्युषा र राहुलसँगै बस्ने निर्णयमा पुगेका थिए । सँगै बस्ने क्रममा प्रत्युषा र राहुलबीच झगडा हुने गरेको थियो । प्रत्युषाका नजकिका साथीहरूका अनुसार राहुलले प्रत्युषालाई कुटपिट गर्ने गरेको आरोप लगाएका छन् । प्रत्युषाले आत्महत्या गरेदेखिनै उनका ब्वाईफ्रेन्ड राहल सम्पर्क विहीन बनेका छन् । उनले आफ्नो मोबाइल फोन बन्द गरेर बसेको जनाइएको छ । प्रत्युषाको आत्महत्या प्रकरणलाई लिएर प्रहरीले राहुललाई खोजी सुरू गरेको छ । एजेन्सी

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.