Breaking News>>>शक्तिशाली भूकम्पको ठुलो धक्का

काठमाडौँ, ४ चैत - उत्तर कोरियाले फेरि कृत्रिम भूकम्प गराएको दक्षिण कोरियाले जनाएको छ।
दक्षिण कोरियाका अनुसार ‘विस्फोट कार्य’ का कारण कृत्रिम भूकम्पको महशुस भएको हो।
नेपाली समय अनुसार बुधबार राति सवा ९ बजे २ दशमलव २ रेक्टरको भूकम्प मापन भएको र यसको केन्द्र विन्दु उत्तर कोरियाको राजधानी पोङयाङबाट झण्डै ३४ किलोमिटरको दूरीमा रहेको दक्षिण कोरियाले जनाएको । उत्तर कोरियाले यस अघि शक्तिशालि कृत्रिम भूकम्प गराएको थियो।
गएको जनवरीमा उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दा ठूलो धक्का महशुस गरिएको थियो। उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको विश्वसनियतमा विशेषज्ञ भने विवादीत छन् । दक्षिण कोरियाले बुधबार रातिको धक्का कुनै परामाणु परीक्षण गर्दाको नभई विस्फोट कार्यका कारण भएको पनि जनाएको छ ।
भूकम्प जमिनको सतहभन्दा एक किलोमिटर गहिराईमा मापन गरिएकाले यो विस्फोटक कार्यकै कारण भएको दक्षिण कोरियाको दाबी छ । उत्तर कोरियाले मंगलबार मात्रै लघु आणविक बम बिस्फोट गर्ने बताएको थियो। अन्तर्राष्ट्रिय कानुन विपरित परमाणु गतिविधि गरिरहेकाले उत्तरकोरियामाथि संयुक्त राष्ट्रसंघले २० वर्ष यताकै कडा प्रतिबन्ध लगाएको छ। एजेन्सी
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses