२०७३ सालको बारेमा यस्तो छ ज्योतिषीको भविष्यवाणी
SHARE THIS POST :

ज्योतिषीका कुरामा कतिलाई विश्वास लाग्छ, कतिलाई लाग्दैन । विश्वास नगर्नेहरुलाई पनि ज्योतिषीले के भविष्यवाणी गरेछन् भन्ने चासो हुन्छ । चासो राख्ने धेरै भएकाले ज्योतिषीले वार्षिक, मासिक र दैनिक भविष्यवाणी गर्दै आएका छन् ।
नयाँ वर्ष सुरु हुनै लाग्दा ज्योतिषीहरुले २०७३ सालको भविष्यवाणी सार्वजनिक गरिसकेका छन् । नेपाल पञ्चांग निर्णायक समितिबाट स्वीकृत सूर्य पञ्चांगमा उल्लेख २०७३ सालको वार्षिक भविष्यफल यस्तो छ :
यस वर्ष लोकमा प्रशस्त वृष्टि हुनाले जनता खुसी हुनेछन् । परस्परमा वैमनश्य हट्नेछ । धार्मिक कृत्यतर्फ सबैको मन जानेछ । तर महंगी बढ्नाले जनता मारमा पर्नेछन् । राज्यपक्षले ध्यान नदिँदा जनतामा खिन्नता बढ्नेछ । ग्रहपरिषद्लाइ विचार गर्दा यस वर्ष राजा शुक्र र मन्त्री बुध भएर बसेको छ ।
तसर्थ राज्य पक्षबाट सोचविचार नगरी महत्वाकांक्षी कार्ययोजना बनाउने तर कायान्वयनमा ध्यान नदिँदा राहतको संचार हुने छैन । विकासमा भन्दा मनोरञ्जन र औपचारिक समारोहको आयोजनाले राज्यकोषको दुरुपयोग बढ्नेछ । दल्हन पदार्थको मूल्य बढ्नेछ । शस्येश शनि र धान्यश बृहस्पतिलाई आधार मान्दा जनता राज्य पक्षबाट नै अप्रत्यक्ष रुपमा पीडित बन्नेछन् ।
कृषिमा आश्रित मुलुक भएर पनि कृषक समुदायको पीडामा राज्यपक्ष गम्भीर नबन्नाले कृषकवर्ग रुष्ट बन्नेछन् । मेघेश बुध र रसेश भन्द्रमालाई विचार गर्दा पर्याप्त वृष्टि हुनेछ । लोकमा आनन्दको संचार हुनेछ । नयाँ नयाँ योजनातर्फ सबैको ध्यान आकृष्ट हुनेछ । सिसा, फलाम लगायतका मूल्य बढ्नेछ । फलेश पदमा आसीन मंगललाई विचार गर्दा फलफूल उत्पादनमा मन्दी हुनाले मूल्य वृद्धि हुनेछ ।
तर स्याउ, अनारजस्ता केही विशेष प्रकारका फलफूलको भने उत्पादन बढ्नेछ । धनेश शनि भएकाले पूँजीपति र निम्न वर्गका बिचमा दुरी झन् बढ्नेछ । श्रमिक वर्ग मारमा पर्नेछन् । दुर्गेश पदमा आसीन बुधलाई विचार गर्दा देशको सीमासुरक्षामा राज्य पक्ष सजग देखिन्न ।
बाह्यशक्तिको प्रभावका सीमासुरक्षा व्यवस्था पूर्णतया प्रभावित हुनेछ । आद्र्राप्रवेश समय विचार गर्दा धान्यादि वस्तुको उत्पादनमा वृद्धि हुनेछ । विद्रोहको स्वर सुनिनेछ । जल वर्षणमा अनियमितता हुने देखिन्छ ।
वृहष्पति दशमस्थानमा मित्रगृही भएर बस्नु सुखद पक्ष हो । धार्मिक–साँस्कृतिक अतिक्रमणका प्रयास भएपनि सफल हुनेछैन । केही राम्रा कामहरुको सुरुवात हुनेछ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.