रसियामा फ्लाई दुबईको बिमान दुर्घटना, चालक दलका सदस्यसहित ५९ जनाको मृत्यु ::

फाइल तस्बिर
लन्डन, ६ चैत । रुसमा यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । विमानमा ६० यात्रु सवार रहेको प्रारम्भीक जानकारी दिइएको छ ।
नेपाली समयअनुसार विमान आज बिहान दुर्घटनामा परेको हो । विमान रूसको दक्षिणी शहर रोस्तोफ आन दोनमा दुर्घटना भएको बीबीसीले जनाएको छ । विमान दुबईबाट रूस जाँदै थियो ।
फ्लाईदुबईको बोइङग ७३८ विमान ल्यान्डिङका बेला रनवेभन्दा अगाडि गएर दुर्घटना भएको समाचारमा उल्लेख छ । दुर्घटनाको पूर्ण जानकारी आइ सकेको छैन ।
दुर्घटनाको कारण पनि केही भनिएको छैन । तर अवतरणका बेला भिजिविलिटी कम भएका कारण विमान दुर्घटना भएको हुन सक्ने समाचारमा जनाइएको छ ।
बीबीसीका अनुसार विमानमा रहेका सबै यात्रुको मृत्यु भएको उल्लेख छ । दुर्घटना हुनेवित्तिकै उद्धारका लागि करिव १०० उद्धारकर्मी दुर्घटनास्थलमा पुगेका छन् ।
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses