निता ढुुगांनासँग जोडी बाध्दै नायक निखिल उप्रेती
SHARE THIS POST :

मिडिया एनपी, काठमाडौं, १३ चैत्र । नायक निखिल उप्रती र नायिका निता ढङु्गानाको जोडी बाँधिने भएको छ । उनीहरुको जोडी बाध्ने काम भने निर्देशक मधुसुदन भट्टराईले गर्ने छन् । उनीहरु पर्दामा पुलिस अफिसर र लभर गर्लका रुपमा देखिने छ । उनीहरुको यो जोडी चलचित्र निर्भयमा बाँधिने भएको हो ।


याम थापाको लेखन रहेको फिल्म ‘निर्भय’मा एक्सन, कमेडी र प्रेमको त्रिकोणात्मकता प्रस्तुत गरिने छ । देवी प्रसाद पाण्डेको लगानीमा बन्न लागेको निर्भय यहि महिनाको अर्को साताबाट छायाँकनमा जाने छ । काठमाण्डू, चितवन र लुम्बिनीमा छायाँकन गरिने यो फिल्ममा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहने छ । रामशरण उप्रेतीको छायाँकन रहने यो फिल्ममा हिमाल केसीको द्धन्द्ध र रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.