कतारमा दुर्घटना हुँदा चार नेपालीको मृत्यु
SHARE THIS POST :

कामदार बोकेको माइक्रो दुर्घटना हुँदा चार जना कामदारको बुधबार बिहान कतारमा मृत्यु भएको छ । जसमा दुई जना नेपाली र दुई जना फिलिपिनो रहेका छन् । त्यसबाहेक अर्को छुट्टै घटनामा दुई नेपालीको मृत्यु भएको छ ।

कतारस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय रामप्रसाद राजवंशी र २२ वर्षीय गिरिजा खनाल छन् । दुई जना नेपाली कामदारको हमाद अस्पतालमा उपचार भइरहेको छ । त्यसमा दुबै जनाको अवस्था गम्भीर छ ।
उनीहरु इम्को इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए । काममा जानेक्रम ट्रकसँग ठोकिदा कतारको खररा क्षेत्रमा दुर्घटना भएको हो । मृत्यु भएका सब वक्रा अस्पतालमा राखिएको छ ।
नेपाली दूतावासका श्रम सहचारी लिलानाथ दाहाल र जनसम्पर्क अधिकृत ताजले गम्भीर भएका घाइतेहरुको अबस्था बुझ्न हमाद अस्पताल पुगेका थिए । सामान्य घाइते भएकाहरुलाई भने वक्रा अस्पतालमा राखिएको छ ।
अर्को फरक दुर्घटनामा भक्ते कामी र सनी चमारको मृत्यु भएको छ । त्यस्तै भीमप्रसाद पोखरेल र रेवता नेपालीले आत्महत्या गरेका छन् ।  रहमान गुर्मा, रामबाबु लामा, मनोज राय हरिनी हृदयघात भएर मृत्यु भएको छ भने शिवहादुर तामाङ अग्लो स्थानबाट खसेर मृत्यु भएको छ । 'उनीहरुको शव छिटो पठाउने ब्यबस्था गर्न कम्पनीलाई अनुरोध गरिएको छ,' दाहालले भने । ती शव हमाद अस्पतालमा राखिएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.