पुरस्कार थाप्न पूर्वअर्थमन्त्री महत लन्डनमा
SHARE THIS POST :

माघ ४, २०७२- पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता रामशरण महत सोमबार बिहान लन्डन आइपुगेका छन् ।


बेलायती लोकप्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सह प्रकाशन द बैंकरले प्रदान गर्न लागेको उत्कृष्ट अर्थमन्त्री अर्थात ‘ग्लोवल एण्ड एसिया प्यासिफिक फाइनान्स मिनिस्टर अफ द इयर ०१६ अवार्ड’ लिन उनी यहां आएका हुन् ।

महतलाई स्वागत गर्न कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, एनआरएनए युरोप संयोजक कुल आचार्य, नेपाली जनसम्पर्क समिति, बेलायतका सभापति लोक गुरुङ, सल्लाहकार विश्व आदर्श पण्डित लगायत हिथ्रो विमानस्थल पुगेका थिए ।

बैंकरले उनलाई विनाशकारी भूकम्पपछि उद्दार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउन महत्वपूर्ण योगदान गरेकामा सम्मान गरिएको जनाएको छ ।

भूकम्प लगत्तै महत अर्थमन्त्रीका हैसियतमा एसियाली विकास बैंकको वार्षिक बैठक, अजरबैजान गएपछि गत जुन २५ मा नेपालको पुनर्निर्माण सम्मेलन आयोजना गर्न सम्भव भएको बैंकरको बुझाइ छ ।

उक्त सम्मेलनमा चार दशमलव एक बिलियन डलर सहयोगको प्रतिवद्धता आएको थियो । तर, नेपालमै र सामाजिक सञ्जालतिर महतलाई उत्कृष्ट अर्थमन्त्री बनाइएकामा व्यापक आलोचना समेत भएको थियो ।

महतसँग नेपाली जनसम्पर्क समिति, बेलायत र गैर आवासीय नेपाली संघ, बेलायतले क्रमश: मंगलबार र बुधवार अन्तरक्रिया कार्यक्रम राखेका छन् ।


प्रकाशित: माघ ४, २०७२

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.