कस्तो अचम्म !! भूतको पनि किन बेच ? भारतमा बेचिदै गर्दा ३ गिरफ्तार
SHARE THIS POST :

त्तीसगढ, भारत । संसारमा कुन कुराको व्यापार हुँदैन र ? अस्तित्व नै नभएको भूतलाई समेत व्यापारीहरुले छोेडेनन् । छत्तीसगढको जशपुरमा प्रहरीले यसरी नै भूत बेचिरहेका तीनजनालाई गिरफ्तार गरेपनि यो घटना सार्वजनिक भएको हो ।
भूत बेच्नेहरुले भने यो भूतले कुनै नोक्सानी नपु¥याउने बरु जमिनमा लुकाइएको धन खोज्न सहयोग गर्दछ । तर यी भूत बेच्नेहरुले आफूले नै किन लुकेको धनसम्पत्ति खोज्दैनन भन्ने कुरा मासिनहरुले बुझ्नुको साटो उल्टै भूत किन्न खोजेको एजेन्सीहरुले जनाएका छन् ।
सुराकीको सूचनाका आधारमा प्रहरीले छापा मार्दै भूत बेच्दै गरेका नारायण यादव, मुन्ना राम र लरङ रामलाई गिरफ्तार गरेको । योसँगै भूतबेच्ने षडयन्त्रमा संलग्न अन्य एकजना भने फरार भएको छ ।
एजेन्सीका अनुसार, जशपुरको बनकोम्बो गाउँमा यो धन्धा चलाइरहेको थियो । भूत बेच्नेहरुले यसको पचास हजार भारतीय रुपैयाँमा भूत बेच्न खोजेका थिए । भूत किन्ने मानिससँग अन्तिम सम्झौता भएपछि बली दिन बोका लिन पठाएको बेला प्रहरीले उनीहरुलाई पक्रेको थियो ।
भूत बेच्ने दावा गर्नेहरुले “मटियाभूत” को व्यापार गर्दै थिए । छत्तिसगढमा निकै किसिमका भूतहरुको अस्तित्व रहेको विश्वास गरिन्छ । यी मध्ये “मटियाभूत ” सबै भन्दा खतरनाक मानिन्छ । मटियाभूतका बारेमा स्थानीयवासी भन्छन्– कुनै बच्चा मरेको खण्डमा ऊ नै मटियाभूत बन्ने गर्छ । यो मटियाभूतले मानिसहरुको घरमा गएर खाना खाने र आफ्ना नङहरुले चिथोर्ने उनीहरुको विश्वास छ ।
भूत बेच्नेहरुले यही मटिया भूतलाई बशमा गरेर इच्छा अनुसार काममा लगाउन सक्ने बताउँदै ठगी गरिरहेका थिए ।एजेन्सी

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.