एकै परिवारका तीन सदस्यको घाँटी रेटी हत्या
SHARE THIS POST :



भारतको राजधानी नयाँ दिल्लीको एक घरका तीन जना सदस्यको घाँटी रेटी हत्या गरिएको भारतीय प्रहरीले बताएको छ ।


मारिनेमा पुरानो रोजेन्द्र नगर क्षेत्रको उक्त घरमा रहेका ५० वर्षीय सञ्जय उनकी ४० वर्षीया श्रीमती ज्योति र उनीहरुको २१ वषीय छोरा पवन भएको दिल्ली प्रहरीको मध्य परिसरका संयुक्त आयुक्त एस.के. गौतमले बताए ।

लाशको अवस्था हेर्दा उनीहरुलाई शनिबार शाति हत्या गरिएको हुनसक्ने प्रहरी संयुक्त आयुक्त गौतमले बताए । घटनाबारे आइतबार बिहान मात्रै थाहा भएको थियो ।

परिवारका सदस्यको हत्या गरेपछि घर लुटिएकोले यस कोणबाट घटनाको अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

प्रहरीले घटना परिवारसँग राम्रो परिचित भएको व्यक्ति वा समूहद्वारा गरेको हुनसक्ने बताएको छ ।

घरमा काम सघाउने मान्छे करिब ८ बजेर ५० मिनेटको समयमा तीन तल्लामाथिको फ्ल्याटमा पुग्दा पवन र जयोतिको हत्या भएको भेटेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरिएको थियो ।

अहिले मृत शरीरलाई परीक्षणका लागि स्थानीय अस्पतालमा पठाइएको छ ।

प्राप्त जानकारी अनुसार सञ्जय सरकारी कर्मचारी भएको र व्यावसायिक कारोबार गर्ने गरेका र उनको परिवारसँग परिचित एक व्यक्तिसँग लामो समयदेखि विवाद रहँदै आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् यद्यपि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन ।

प्रहरीले मृतक परिवारका आफन्तलगायत नजिकका छिमेकीसमेतसँग घटनाबारे छानबिन अघि बढाएको छ

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.