चार्ली हेप्दोले फेरि रुवायो यी निर्दोष बाबुलाई जोसँग यसअघि सारा विश्वलाई नै रोएको थियो पुरा पढ्नुस
SHARE THIS POST :

एजेन्सी– सेप्टेम्बरमा सिरियाबाट टर्की हुँदै अवैधानिक रुपमा अमेरिका जाने क्रममा एक शरणार्थीका ढाई वर्षीय छोराको समुन्द्रमा नेपत्ता भएर मृत्यु भयो ।
यसरी ती बालकको तस्बिर सामाजिक संजालमा भाइरल बन्यो र त्यसले सारा विश्वलाई नै रुवायो । ती बालक आयलनको मृत्यु भएको ५ महिनापछि फ्रन्सको चार्ली हेब्दो म्याग्जिनले उनलाई लिएर विवादित कार्टुन छापेको छ ।
उसले मृत्यु भइसुकेका बालकलाई लिएर ठूलो भएर केटीको पछि हिडिरहेको कार्टुन छापेको थियो । कार्टुनमा केही साथीसहित ती बालकले केटीलाई जिस्क्याएर लखेटिरहेको देखाउन खोजिएको छ । जसका कारण आयलनको परिवारमा सेलाएको घाउ फेरि बल्झिएको छ । उनका बाबु अब्दुल्ला कुर्दीले यस कार्टुनलाई हेरेदेखि परिवारको आँखाबाट आँसु नरोकिएको बताएका छन् ।
 उनले भनेका छन्, ‘चार्ली हेब्दोले मेरो छोरालाई एक अपराधी र आतंककारी जस्तो बनाइदियो । युद्ध र आतंकका कारण विश्वमा लाखौँ मानिस शरणार्थीको जीवन जीउन बाध्य छन् ।
साथै यस विषयलाई लिएर विश्वभरबाट हेब्दोको आलोचना भइरहेको छ । ती बालक ठूलो भएर डाक्टर, पाइलट, शिक्षक, इन्जिनियर जे पनि बन्न सक्ने बताउादै चार्लीको यस कदमलाई सामाजिक संजालमा आलोचना गरिएको छ ।

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.