बच्चा किन रोयो ? अब मोबाइलले बताइदिनेछ
SHARE THIS POST :

पहिलोपटक सन्तानलाभ गरेका आमाबाबुहरुलाई आफ्नो बच्चा रुँदा किन रोयो भन्ने कारण थाहा पाउन निकै मुस्किल पर्छ । जिउमा कुनै पीडा भएर हो की भोक लागेर हो वा अन्य कारणले हो छुट्टाउनै गाह्रो हुन्छ । तर यस्ता नौला अभिभावकहरुको यो समस्यालाई समाधान गर्नेगरी वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप निर्माण गरेका छन् जसले बच्चा किन रोएको हो ? भन्ने कुरा तत्कालै बताइदिनेछ ।



यो स्मार्टफोन एपले बच्चा रोएको आवाजलाई डिकोड गर्न सक्छ र रुनुको कारण पत्ता लगाउन सक्छ ।नेसनल ताइवान युनिभर्सिटी हस्पिटल युनलिनका शोधकर्ताले बनाएको यो एपको नाम हो त्जभ क्ष्लाबलअत ऋचष्भक त्चबलकबितयच । यो एपले बच्चा रुने अनेक प्रकारलाई पहिचान गर्न सक्छ । एपमा मौजुद ठूलो डाटाबेससँग बच्चा रोएको नयाँ आवाजलाई तुलना गरिन्छ र सोही आधारमा अहिले बच्चा किन रुँदैछ भन्ने कुरा पत्ता लगाइन्छ ।

आफ्नो बच्चा रुन थालेसँगै आमाबुवाले यो एप भएको स्मार्टफोनको रेकर्डिंग बटनलाई १० सेकेण्डसम्म थिच्नुपर्दछ । त्यसपछि रुवाइको आवाज साउण्ड क्लाउड ड्राइभमा अपलोड हुन्छ । एपले त्यसपछि उक्त आवाजको विश्लेषण गरी १५ सेकेण्ड भित्रमा रुनुको कारण सहितको नतिजा प्रयोगकर्ताको मोबाइलमा पठाइदिन्छ । एप निर्माताहरुले यो एपमा १ सय जना नवजात शिशुहरुका विभिन्न अवस्थाका २ लाख प्रकारका रुवाइहरुको आवाज रेकर्ड गरेर एपमा भण्डारण गरेका छन् ।

एक शोधकर्ताका अनुसार यो एपले बच्चाको रुवाइका विभिन्न ४ प्रकारका फरक आवाज पहिचान गर्न सक्छ । बच्चा भोकले, निद्राले, दुखाइले वा दिसा पिसाबले चिसो भएको मध्ये के कारणले रोएको हो भन्ने बताइदिनसक्छ ।अहिलेसम्म प्रयोगकर्ताबाट मिलेका फिडब्याकका आधारमा २ हप्ताभन्दा कम उमेरका बच्चाहरुको मामिलामा यो एपले ९२ प्रतिशत सही नतिजा दिएको छ । तर बच्चाको उमेर जति बढ्दै जान्छ यो एपले दिने नतिजा उति नै बढि गलत बन्दैजान्छ । तर पनि ६ महिना भन्दा कम उमेरका बच्चाहरुको रुवाइएको कारण पत्ता लगाउनका लागि यो एप उपयोगी भएको दाबी एप निर्माताको छ । एजेन्सीको सहयोगमा

Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.