चीनबाट ल्याएको साढे ९ किलो सुनसहित ३ भारतीय नागरिक पक्राउ
SHARE THIS POST :

पुस २४, २०७२- चीनबाट ल्याइएको अवैध सूनसहित ३ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले राजधानीबाट गएराति पक्राउ गरेको हो ।

अपराध महाशाखाबाट खटिएको टोलीले भारत पश्चिम बंगालका बिक्रम मित्तल र विजय मित्तल पक्राउ गरेको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

उनीहरु राजधानीमा भाग्यलक्ष्मी ज्वेलर्स सञ्चालन गरेर बसेका थिए । मित्तलसँगै प्रहरीले भारत राजस्थानका भगीरथ चौधरीलाई समेत समातेको छ ।

चौधरीको साथबाट एक किलो र मित्तलको साथबाट साढे ८ किलो सून बरामद भएको हो ।

उनीहरुले चीनबाट सून ल्याएर कलंकीबाट बेचबिखन गर्ने गरेको बयान प्रहरीसमक्ष दिएको एसएसपी खनालले जानकारी दिए ।


Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.