वीरगञ्जमा पेट्रोल तस्करबीच खुकुरी हानाहान, एकजना गम्भीर घाइते
SHARE THIS POST :

वीरगन्ज, पुस । दुई पक्षबीच झगडा हुँदा खुकुरी प्रहारबाट आज यहाँ एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वीरगन्ज उप-महानगरपालिका–१ छपकैयाका विशाल कलवार रहेको प्रहरीले जनाएको छ ।उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्था गम्भीर रहेको सो अस्पतालले जनाएको छ ।वीरगन्ज उपमहानगरपालिका आदर्शनगरको प्रगतिनगरटोलस्थित एउटा चियापसलमा दुई पक्षबीच तेल (पेट्रोल) ल्याउने विषयमा भएको विवादले उग्ररुप लिएपछि एक पक्षले कलवारमाथि खुकुरी प्रहार गरेर घाइते बनाएपछि भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुबै समूह सीमावर्ती भारतीय सहर रक्सौल नाकाबाट तेल तस्करीमा सक्रिय रहेको जनाइएको छ । खुकुरी प्रहार गरेको व्यक्तिको पहिचान भइसकेकाले उनलाई छिट्टै नै पक्राउ गरेर कानुनी कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो ।

यसैगरी, बीरगन्ज उपमहानगरपालिका–२६ प्रसौनीविर्ताका भीमबली यादवको घरमा गएराति आगलागी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीमा परेर घरको गोठमा बाँधिएका तीनवटा भैँसी पनि जलेर घाइते भएका छन् । आगलागीमा परेर घरमा रहेको खाद्यान्न, लत्ताकपडा र भाँडावर्तन जलेर नष्ट भएको घरधनी यादवले बताउनु भयो । प्रहरी र स्थानीयवासीको झन्डै तीन घन्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । रासस


Don't Forget To Join US Our Community

0 comments

Write Down Your Responses

Powered by Blogger.