Breaking News>>>भर्खरैः तीर्थालू बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३६ जना घाइते

अम्मान, ४ चैत - प्यालेस्टाइनी तीर्थालू बोकेको एक बस जोर्डनमा दुर्घटना हुदा कम्तीमा पनि १४ जनाको ज्यान गएको समाचार छ ।
तीर्थ यात्राका क्रममा बुधबार सो बस जोर्डन र साउदी अरेबियाको सीमा क्षेत्रमा पुगेको थियो । जोर्डनको नागरिक रक्षा विभागले सो जानकारी दिएको छ ।
बसका चालकले नियन्त्रण गुमाउदा सो दुर्घटना भएको उक्त बिभागले जनाएको छ । सो विभागका अनुसार जोर्डनको राजधानी अम्मानबाट ३५० किलोमीटर दक्षिणमा सो दुर्घटना भएको हो ।
उम्राह तीर्थयात्राका क्रममा सो बस साउदी अरेबियातर्फ लागेको थियो । उक्त क्षेत्र हजका लागि निकै प्रख्यात रहेको छ ।
सोही तीर्थयात्राका लागि विश्वका कैयौं मुस्लिम नागरिक त्यहाँ पुग्ने गर्छन् । रासस/एएफपी
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses