खोल्सा किनारमा पुरुषको बेवारिसे शव भेटियो

मेलम्ची: सिन्धुपाल्चोक जिल्लाको नवलपुर-८ को भुतिया दहको खोल्साका किनारमा बेवारिसे अवस्थामा शव फेला परेको छ।
करिब ४० वर्ष जतिको पुरुषको शरीरको मासु झरेर अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा मंगलबार स्थानीयवासीले दिएको सूचनाका आधारमा प्राप्त भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रल्हाद अधिकारीले बताए।
अधिकारीका अनुसार उक्त शवको साथमा नीलो रङ्गको ज्याकेट, नीलो रङ्गको पाइन्ट, हरियो ऊनीको मोजा फेला परेको थियो। कपडाका आधारमा पहिचान गर्न प्रहरी कार्यालयमा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ। रासस
Don't Forget To Join US Our Community
0 comments
Write Down Your Responses